कपिलवस्तुमा विङगर र एम्बुलेन्स ठोकिदा एक जनाको मृत्यु
कपिलवस्तु –
कपिलवस्तुमा एम्बुलेन्स र विङ्गर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र विङ्गर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको हो भने १२ जना घाईते भएका छन् ।
आज अब्राहान्न करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ छ ।
अर्घाखाचीबाट बुटवल जादै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जादै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको प्रहरीको भनाई छ ।
घाईतेहरुमध्ये एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पताल, युनाईटेड हस्पिटल र सि एण्ड सि हस्पिटल चारनम्बरमा उपचार भईरहेको छ । तिब्र गतिका कारण दुर्घटना भएको प्रहरी को भनाई छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।