Connect with us
Kapilvast Forest

स्वास्थ्य बीमा : आठ जटिल रोगका बिरामीले दुई लाख रुपैयाँको उपचार पाउने

२०८२, २५ असार बुधबारमा प्रकाशित

काठमाडौँ –

आठ जटिल रोगका बिरामीले हाल पाइरहेको स्वास्थ्य बीमा एक लाखमा थप एक लाख गरी दुई लाख रुपैयाँ पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने छन्।

मन्त्री पौडेलले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेस्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने  बताएका हुन्। ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट आठ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ’,’ उनले लेखेका छन्।

मन्त्री पौडेलले यसअघि आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए। सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो । मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए। उनका अनुसार यो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu