Connect with us
Kapilvast Forest

कृष्णनगर–१ का महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

२०८२, २५ असार बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ को कार्यालयले स्वास्थ्य क्षेत्रमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ ।

स्वास्थ्य सेवा प्रवाहमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका स्वयंसेविकालाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको वडाध्यक्ष टुङनाथ चौधरीले जानकारी दिनुभयो ।

वडाका १६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको वडासचिव किरण श्रीवास्तवले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

साइकल प्राप्त गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरू खुसी भएका छन् । उनीहरूले यसले कार्यक्षेत्रमा आवतजावतमा सहजता ल्याउने र सेवा प्रवाहमा थप उत्साह मिल्ने बताएका छन् ।

वडाले आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक सेवामा संलग्न व्यक्तिहरूको हौसला बढाउने खालका कार्यक्रम सञ्चालन गर्दै लैजाने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu