Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा क्रिकेटर रौनक सम्मानित

२०८२, २५ असार बुधबारमा प्रकाशित

कपिलवस्तु कृष्णनगर- मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका १६ वर्षीय रौनक श्रीवास्तवलाई कृष्णनगरवासीले भव्य रूपमा सम्मान गरेका छन् ।

कृष्णनगर नगरपालिका वडा नं. २ स्थित गोलघरमा आयोजित विशेष समारोहका बीच स्थानियले रौनकलाई भव्य स्वागत तथा सम्मान गरेका हुन् ।

उक्त अवसरमा बोल्दै समाजसेवी तथा खेलप्रेमी मिर्जा राशिद वेगले भने, “रौनकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै देशको झण्डा उच्च बनाएका छन् । एक सामान्य गाउँबाट हुर्किएका बालकले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो चम्किलो प्रदर्शन गर्नु हामी सबैका लागि गर्वको विषय हो ।

आज उसले देखाएको आत्मबल, मेहनत र समर्पणले केवल उसको भविष्य उज्ज्वल बनाउनेछ मात्र होइन, हाम्रो समाजका अरु युवाहरूलाई पनि प्रेरणा दिनेछ । हामीले उसको संघर्ष र सफलतालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो ।”

सम्मान कार्यक्रममा वडा नं. २ का अध्यक्ष कृष्णकुमार गुप्ताले रौनकको सफलताले सम्पूर्ण क्षेत्रको शिर गर्वले उचो बनाएको उल्लेख गर्दै युवा प्रतिभाहरूको प्रोत्साहनमा वडा सदैव अग्रसर रहने प्रतिवद्धता जनाउनुभयो ।

रौनकको स्थायी घर वडा नं. १ अन्तर्गत मडहा गाउँमा पर्ने भएकाले थप गर्व महसुस भएको वडा अध्यक्ष सगिर अहमद खाँले बताउनुभयो ।

कार्यक्रममा युवा नेता कुनाल प्रताप शाह, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मा, वडा सदस्य राहुल मोदनवाललगायत समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहमा रौनकलाई प्रमाणपत्र, दोसल्ला, नगद तथा अन्य सम्मान सामग्री प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै रौनकले आगामी दिनमा अझ मेहनतपूर्वक अभ्यास गरी नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको बताए ।

कार्यक्रमले स्थानीय स्तरमा खेलकुदप्रतिको जागरूकता र उत्साह बढाएको आयोजकहरूले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu