Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय क्रिकेटमा जिल्लाको नाम चम्काउने रौनक सम्मानित

२०८२, २५ असार बुधबारमा प्रकाशित

कपिलवस्तु-

कृष्णनगर नगरपालिका वडा नं. १ ले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका १६ वर्षीय रौनक श्रीवास्तवलाई भव्य रूपमा सम्मान गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा जिल्ला र देशको नाम उचो बनाएका रौनकलाई वडा कार्यालय शिवानगरमा आयोजित विशेष समारोहका बीच सम्मान गरिएको वडाध्यक्ष टुङनाथ चौधरीले जानकारी दिनुभयो ।

रौनकको स्थायी घर कृष्णनगर नगरपालिका वडा नं. १ अन्तर्गत मडहा गाउँमा रहेको छ। सम्मान कार्यक्रममा वडा सदस्यहरू आनन्द रजौरिया, उर्मिला श्रीवास्तव, राधेश्याम मिश्र, इन्द्रवती पासी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

वडासचिव किरण श्रीवास्तवका अनुसार खेलाडी रौनकलाई दोसल्ला र अन्य सम्मान सामग्री प्रदान गरिएको थियो ।

रौनकले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै अझ मेहेनतका साथ अभ्यास गरी भविष्यमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन ।

वडाले खेलकुदमा प्रतिभा देखाउने युवाहरूलाई पहिचान गरी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu