Connect with us
Kapilvast Forest

काठमाडौं महानगरले आज २५ अर्ब बराबरको बजेट ल्याउँदै

२०८२, २९ असार आईतवारमा प्रकाशित

काठमाडौं-

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाह ९बालेन०ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए ।गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu