Connect with us
Kapilvast Forest

रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र शान्ति सम्झौता नभए रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। युक्रेनलाई थप उन्नत हतियार आपूर्ति गर्ने घोषणा गर्दै ट्रम्पले रुसविरुद्ध यस्तो चेतावनी दिएका छन्। नाटो महासचिव मार्क रुट्टेसँग ओभल अफिसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्दै युक्रेनलाई बिलियन डलर बराबरका अमेरिकी हतियार उपलब्ध गराउने बताएका छन्। यसमा पेट्रियट एयर डिफेन्स मिसाइलजस्ता अत्यावश्यक प्रणाली समावेश हुने उनको भनाइ छ।

यदि पुटिनले ५० दिनभित्र शान्ति सम्झौतामा हस्ताक्षर नगरेमा रूसी सामानमा १०० प्रतिशत महसुल र रूससँग व्यापार गर्ने तेस्रो मुलुकहरूमाथि समेत प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति आभार व्यक्त गर्दै संयुक्त रूपमा अमेरिकी हतियार उत्पादन तथा युक्रेनी आकाश प्रतिरक्षा बलियो बनाउने चर्चा भएको बताएका छन्। नाटो प्रमुख रुट्टेले ट्रम्पको निर्णयलाई ऐतिहासिक बताउँदै पुटिनलाई अब गम्भीर बन्न सल्लाह दिए। यससँगै युक्रेनलाई जर्मनी, बेलायतलगायत मुलुकले पनि हतियार आपूर्तिमा सहयोग गर्ने घोषणा गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu