Connect with us
Kapilvast Forest

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं-

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

विश्वविद्यालयबाट शोक व्यक्त

लुइजियाना टेक विश्वविद्यालयले घटनापछि शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । तर त्यसमा मृतक विद्यार्थीहरुको नाम–ठेगाना भने उल्लेख छैन ।विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले घटनाबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं । सधैं एकअर्काको हेरचाह गरिरहनुहोस् ।’विश्वविद्यालयका अनुसार विद्यार्थीहरूलाई परामर्श सेवा पनि उपलब्ध गराइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu