Connect with us
Kapilvast Forest

रेसुङ्गामा सुरु भयो साउने मेला

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

गुल्मी-

गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुुरु भएको छ ।गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुने समितिले जनाएको छ । रेसुङ्गमा पूजा गर्न तथा अवलोकनका लागि गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देहीलगायतका नेपालका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् ।

पोखरीमा नुहाउन तथा पूजा आज महिनाभरी नै भिडभाड लाग्ने गर्दछ । आज पहिलो दिन झनै विशेष श्रद्धालु भक्तजनको बिहानैदेखि घुइचो लाग्ने गरेको छ ।रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ । मेलाअर्न्तगर्त साउन १ गते र साउने औँसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ ।धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ ।

रेसुङ्गामा पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । धार्मिक मेलामा बिभिन्न ठाउँबाट श्रदालु भक्तजनको उपस्थिति रहने गरेको छ ।सिद्धभूमि,तपोभूमि महषि भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्य भूमि बनेको छ । अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ ।यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको पन्थीले बताए ।

यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वर्द्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । समुन्द्री सतहबाट २३४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायत दृश्यावलोकन गर्न सकिन्छ । रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ ।हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।गुल्मी जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ । रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ ।

रेसुङ्गा क्षेत्र भन्नाले यहाँको सबै वनक्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, पाटीपौवा, यज्ञशाला एवम् भग्नावशेषहरू बुझिन्छन् । यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।रेसुङ्गामा अन्तरिक तथा बाह्य पर्यटक ल्याउनका लागि यसवर्ष रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियान समेत चलाएको छ । अभियानबाट रेसुङ्गा क्षेत्रमा एक लाख पर्यटकले अवलोकन गराउने उदेश्य नगरपालिकाले लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu