Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सर्पले डसेर १४महिने शिशुको मृत्यु

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुमा सर्पाको टोकाइबाट एक शिशुको मृत्यु भएको छ ।जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ मा सर्पले डसेर एक १४ महिने शिशुको मृत्यु भएको हो। झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको परिवारले जनाएको छ  ।सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए। गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj