Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् पुनर्गठन हुनेवाला छ : भूमि मन्त्री अधिकारी

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं –

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको बताएका छन् ।बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री पद गयो नि रु भनेर प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन । एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो । सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ । त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो । सबै हुन्छन् कि । त्यो एउटा पाटो हो ।’साथै, उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

‘जहिलेसम्म होइन्छ आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो । जतिबेला जुन जिम्मेवारीमा रहन्छ त्यही अनुसार अगाडि बढिन्छ,’ उनले भने ।उनले आफूसँग जोडिएको विषयमा कुनै संलग्नता नरहेको भन्दै संलग्न देखिए कारबाही भोग्न तयार रहेको पनि बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu