Connect with us
Kapilvast Forest

तम्घास-सिमलटारी कालोपत्र सडकको हालत : पानी पोखरी र खाल्डै खाल्डा

२०८२, ४ श्रावण शनिबारमा प्रकाशित

गुल्मी-

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै जोखिम बढेको छ ।जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास(छल्दी खण्डका घुम्तीमै सडक भत्किएपछि यात्रा जोखिम बन्दै गएको हो ।सडक कार्यालयको बेवास्ताका कारण दिनहुँ सडक जीर्ण र जोखिम बन्दै गएको छ । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षातको भेल बग्ने गरेको छ ।

राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानी पोखरी बनेका छन् । सामान्य मर्मत गरेर सुधार गर्न सकिने भए पनि बेवास्ता गरिएको छ ।कालोपत्रे सडक भत्किएको वषौं बित्दासमेत मर्मत गरिएको छैन । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बढ्दै गएको छ । ६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडकखण्ड जीर्ण बनिरहेको छ ।समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो । राजमार्गको विभिन्न स्थानमा सडक भत्किएको छ ।

कालोपत्रे सडकको जोखिम ठाउँमै भत्किन थालेसँगै राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । बिरामीहरू लिएर रातको समय हिँड्दा निकै जोखिम बढदै गएको सवारी चालक प्रदीप जिसीले बताए ।उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दा समेतसम्बन्धित निकायको ध्यान नजानु दुस्खद् पक्ष रहेको बताए । सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए ।

राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी सधानहरुले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको कुँवरले बताए । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सडकमा ट्राफिक संकेतलगायत अन्य काम गरे पनि मुख्य मर्मतको काम गरेको छैन् ।कार्यालयले निरन्तर राखेर नाली सफाइको काम पनि गर्ने गरेको छैन् । जसले गर्दा सडको नाली भरिएको, घाँस उम्रिएर अवस्था केही ठाउँमा अझै छ ।

सडकको छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक विस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक बिग्रिएको छ ।करिब एक अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्रनम्बर-२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu