Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा मानव कंकाल फेला

२०८२, ४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं –

सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ । बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ । नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ । कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन् ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu