Connect with us
Kapilvast Forest

अविरल वर्षाले पाँचथरमा आधा दर्जन सडक अवरुद्ध

२०८२, ५ श्रावण आईतवारमा प्रकाशित

काठमाडौ –

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पाँचथरमा मेची राजमार्ग, तमोर कोरिडोर, मध्यपहाडी लोकमार्गसहित आधा दर्जन बढी सडक अवरुद्ध भएका छन्। अविरल वर्षासँगै आएको बाढीले खोलाका ह्यम पाइप तथा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीका कारण मेची राजमार्गअन्तर्गत फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । यो सडक अवरुद्ध हुँदा पाँचथरका केही स्थानीय तहका साथै ताप्लेजुङसँगको सडक सञ्जाल टुटेको छ ।

यो खोलामा ०८० असारमा आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि यातायात सञ्चालन गर्न बनाइएको बेलीब्रिज पनि गत वर्षको बाढीले बगाएको थियो। यो वर्ष सरकारले बेलीब्रिज बनाउन सुरु गरे पनि जडानको अन्तिम समयमा गत जेठमा भाँचिँदा तीन जना मजदुरको मृत्यु भयो । एक वर्षदेखि खोलामा ह्युम पाइप लगाएर डाइभर्सन बनाइएको थियो । यद्यपि हेवा खोलामा बाढी आउँदा डाइभर्सन बगेको छ । हेवा खोलामा बाढी आइरहेकाले अहिले तत्काल डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्न मुस्किल गहेको प्रहरी निरीक्षक तामाङले बताए ।

यस्तै अविरल वर्षाका कारण तमोर कोरिडोर पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा पर्ने नावा खोलामा बाढी आउँदा तमोर कोरिडोर अवरुद्ध भएको प्रहरी निरीक्षक तामाङले नयाँ पत्रिकालाई जानकारी दिए । यस्तै, मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । बाढीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ मा पर्ने इङ्वा खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक तामाङले नयाँ पत्रिकालाई जानकारी दिए । यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक गाउँपालिका– ३ स्थित रिजालभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको तामाङले बताए ।

यस्तै, अविरल वर्षाका कारण फिदिम फालोट  सडक खण्ड, राँके–भेडेटार सडक खण्ड तथा अन्यभित्रि सडकसमेत अवरुद्ध भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu