Connect with us
Kapilvast Forest

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु

२०८२, ५ श्रावण आईतवारमा प्रकाशित

दाङ –

देउखुरीमा गाडीले किचेर एकजनाको मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आफ्नै घरअगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए। तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu