चन्द्रौटामा डेजोय नेपाल कम्पनीको शाखा उद्घाटन
न्युज सेन्टर नेपाल-कपिलवस्तु-
डेजोय नेपाल कम्पनीको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा उद्घाटन गरिएको छ ।
शिवराज नगरपालिका–५ स्थित खसी बजारको शाह कम्प्लेक्सको माथिल्लो तल्लामा रहेको उक्त शाखाको औपचारिक उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री अर्जुन केसीले डेजोय नेपालले उत्पादन गरेको समाग्री प्रयोग गर्न अनुरोध गर्नु भयो । खानपानमा ध्यान दिए स्वास्थ राम्रो हुने सांसद केसीले बताउनु भयो ।
कम्पनीका इमिरल्ड भ्वाइस प्रेसिडेन्ट रवि शर्माले उद्घाटन गर्दै डेजोय नेपालले उपभोक्ताको आवश्यकता र सहज पहुँचलाई ध्यानमा राख्दै देशभर शाखा विस्तार गरिरहेको जानकारी दिनुभयो ।
डेजोय नेपालले उत्पादन गर्ने खाद्यान्न, पोषण आहार, दैनिक उपभोग्य सामग्री, चियापत्ती, मसला, खाने तेल लगायतका सामग्री सुपथ मूल्यमा बिक्री वितरण थालिएको शाखा प्रमुख सन्तोष कुमार यादवले जानकारी दिनुभयो ।
चन्द्रौटा शाखा सञ्चालनमा आएसँगै स्थानीय उपभोक्तालाई गुणस्तरीय सामान सहज र किफायती मूल्यमा उपलब्ध हुने विश्वास गरिएको छ ।
कम्पनीले उपभोक्तालाई ग्राहकका रूपमा आबद्ध हुन पनि अनुरोध गरेको छ ।
