Connect with us
Kapilvast Forest

पूर्वराष्ट्रपति भण्डारीले भनिन्ः बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्न चाहन्छु

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं –

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नुलाई कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेकी छिन्।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्। उनले आफू राजनीतिक व्यक्ति नै भएकाले राजनीतिमा पुनः सक्रिय हुन नौलो कुरा नभएको बताइन्। आफ्नो बाँकी जीवन राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको बताइन्।

कुनै पदप्रति लालसा, महत्वकाङ्क्षा र आशक्ति नरहेको पनि स्पष्ट पारिन्। आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको बताइन्।जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैँ छोप्न नसकिने बताइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu