Connect with us
Kapilvast Forest

कांग्रेस नेतालाई रास्वपाको प्रतिप्रश्न- हस्ताक्षर गर्ने सबैलाई मुद्दा लगाउनुहुन्छ

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाण्डौ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी जारी हस्ताक्षर अभियानमा हस्ताक्षर गर्नेहरूले ‘गल्ती’ गरेको भनी कांग्रेसका नेता मीन विश्वकर्माले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन्।उनले उक्त अभियानलाई नागरिकको स्वतःस्फूर्त अभिमतको संज्ञा दिँदै यसलाई रोक्न खोज्नु अलोकतान्त्रिक भएको बताए।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले हस्ताक्षर अभियानलाई ‘अदालतको मानहानि’ र हस्ताक्षर गर्नेले ‘गल्ती’ गरेको टिप्पणी गरेपछि रास्वपा महामन्त्री बुर्लाकोटीले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यसको जवाफ दिएका हुन्।‘रवि लामिछानेलाई मात्रै मुद्दा लगाएर पुगेन भनेर हस्ताक्षर गर्ने सबैलाई मुद्दा लगाउनुहुन्छ ? रविको पक्षमा उभिएका सबैलाई खेद्ने काम गर्नुहुन्छ ?’ बुर्लाकोटीले कांग्रेस नेता विश्वकर्मालाई प्रतिप्रश्न गरे।

उनले हस्ताक्षर अभियान नागरिकको अपेक्षाअनुसार सुरु भएको र यसमा आम नागरिकको स्वतःस्फूर्त सहभागिता रहेको बताए।महामन्त्री बुर्लाकोटीले यो अभियानको लक्ष्य ५० लाख हस्ताक्षर संकलन गर्नु रहेको र हालसम्म २८ लाखभन्दा बढी संकलन भइसकेको जानकारी दिए। उनले भने, ‘यो अभियानले आम नागरिकमा चेतना उजागर गरेको छ र सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराएको छ।’

उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको आरोपको खण्डन गर्दै भने, ‘यो अदालतबाट फैसला भइसकेको मुद्दा होइन, विचाराधीन हो। फैसला भइसकेको विषयमा यसो गर्नुको अर्थ फरक हुन्थ्यो, तर अहिले जनताले आफ्नो अभिमत पोखिरहेका छन्।’बुर्लाकोटीले सरकारले नै लामिछानेविरुद्ध बदनियतपूर्ण तरिकाले मुद्दा तयार पारेको आरोप लगाए। ‘सरकारले जुन हिसाबले मुद्दा तयारी गरेर बुझाएको छ, त्यसैमा कैफियत छ,’ उनले भने, ‘रवि लामिछानेको हजुरबुबाको पालादेखिको पुस्तैनी जग्गामा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ। सहकारीको रकम अपचलनमा संलग्न नै नभएको व्यक्तिलाई संगठित अपराधमा जोडिएको छ।’

यसअघि आइतबार कांग्रेस नेता विश्वकर्माले हस्ताक्षर गर्नेहरूले इतिहासकै ठूलो गल्ती गरेको र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले बालबालिकालाई समेत अभियानमा प्रयोग गरेर ‘पाप’ गरेको आरोप लगाएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu