सम्पर्कविहीन सिन्धुलीका हायु परिवार पोखरामा भेटिए, सिन्धुली फर्काईँदै
काठमाडौँ –
विगत केही दिनदेखि सम्पर्कविहिन सिन्धुलीका हायु परिवार पोखरा गएको पत्ता लागेको छ। उनीहरूलाई पोखरामै फेला पारिएको पनि सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले उनीहरू पोखरामा रहेका सूचना आएको थाहाखबरलाई जानकारी दिए।
पोखरा पुर्याउने चालक पनि प्रहरीको सम्पर्कमा आएका छन्। उनका अनुसार हेटौँडा हुँदै उनीहरूलाई पोखरा छाडेर चालक सिन्धुली नै फर्किएका थिए। उर्मिला हायुको परिवार शुक्रवारदेखि बेपत्ता भएको भनी खोजी जारी थियो। उनकी छोरी-ज्याईँ भने काठमाडौँबाट सम्पर्कमा आएका थिए।
उनीहरू गाडी रिजर्ब गरेरै गएका थिए। बिहिवार भत्ता बुझेका उनीहरूले शुक्रवार घरमा सुँगुर काटेर खाएका थिए। त्यसपछि हराएका भनिएका उनीहरू राति नै त्यहाँबाट हिँडेर हेटौँडा-मुग्लिन हुँदै पोखरा गएका थिए।