Connect with us
Kapilvast Forest

भारी वर्षाबाट चीनको राजधानी बेइजिङमा ३० जनाको मृत्यु

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं –

चीनको राजधानी बेइजिङमा अत्यधिक वर्षासँगै आएको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।सिह्ना समाचार एजेन्सीका अनुसार मियुन जिल्लामा २८ जना र यानकिङ जिल्लामा २ जनाको मृत्यु भएको छ। भारी वर्षाले सडक र भवनहरुमा गम्भीर क्षति पुगेको छ।

मियुन, हुइरौ र फाङसान जिल्लाबाट ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले ३१ वटा सडक क्षतिग्रस्त भई बन्द भएको र १६ वटा सडकमा पुननिर्माणको काम जारी रहेको ग्लोबल टाइम्सले जनाएको छ।

बाढी पहिरोले बिजुली आपूर्ति र सञ्चार सम्पर्कमा पनि ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको काम जारी छ। केन्द्र सरकारको २०० मिलियन युआनको आपतकालीन राहत कोष तयार गरेर परिचालन गरेको छ।

यस क्षेत्रमा सन् २०१२ मा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो। त्यतिबेला १९० मिलिमिटर वर्षा मापन भएको थियो । त्यस्तै सन् २०२३ को भीषण वर्षामा ३३ जनाको मृत्यु भएको थियो भने १८ जना बेपत्ता भएका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu