Connect with us
Kapilvast Forest

पानी तान्न बिजुली नै हुँदैन, सरकार ५ सय बोरिङ थप्ने तयारीमा

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौँ-

नेपालको अन्न भण्डार मानिने मधेस प्रदेश अहिले खडेरीको चपेटामा पिल्सिरहेको छ । साउन महिनाको आधा समय बित्न लाग्दा पनि आकाशबाट पानी नपर्दा खेत बाँझो हुने अवस्थामा पुगेका छन् ।जमिनमुनिको पानी समेत सुक्दै जान थालेको छ । जमिन मुनीको पानी डीप बोरिङ गरेर रोपिएका धानका बोटहरू पनि पानीको अभावमा पहेँलिन थालेका छन् भने खेतका गराहरू चिराचिरा परेका छन् । खानेपानीसमेत ट्याङ्करको पानीमा भर्न पर्नु पर्ने बाध्यतामा छन् मधेसका नागरिक ।

खडेरीको मारमा रहेका किसान बिजुलीसमेत सहज रूपमा नपाउँदा थप पीडा भोगिरहेका छन् । बिजुलीमा हुने ‘ट्रिपिङ’ ले उनीहरूको समस्या थपिएको हो । नियमित रूपमा बिजुली नपाउँदा खेतमा पानी हाल्न नसकेको दुखेसो उनीहरूको छ ।बारा, पर्सादेखि रौतहटसम्मका किसानहरूले बारम्बार बिजुली जाने समस्या भोगिरहेको बताएका छन् । प्रकृतिले नै साथ नदिइरहेका किसानलाई सरकारले समेत दुःख थपेको उनीहरूको गुनासो छ ।बाराको बरियारपुरका किसान सुवास साह खेतमा जमिनमुनिबाट पानी निकालेर लगाउनको लागि नयाँ मोटर जडान गरे पनि नियमित बिजुली नहुँदा पानी तान्न समेत समस्या रहेको बताए । उनले एक बिघा जमिनमा जेनतेन रोपाइँ गरे पनि पानी नहुँदा खेतका गराहरू चिराचिरा परेको बताए ।

उनले पुरानो बोरिङबाट समेत पानी आउन बन्द भएको सुनाए । उनले भने, ‘बोरिङबाट पानी तान्नको लागि आवश्यक बिजुली समेत छैन । समय–समयमा आउने जाने हुन्छ । बिजुली आए पनि भोल्टेज पुग्दैन ।’त्यस्तै, बाराको बरियारपुरका अर्का किसान राजकपुर कुमार कुसुवाले पानीको समस्या माथि बिजुलीको समस्या थप भएको बताए । उनले बिजुली आए पनि बोरिङबाट पानी तान्नको लागि भोल्टेज नभएको गुनासो गरे ।

उनले भने, ‘पानीका कलहरू सुकेर हाहाकार भएको छ । पानी छैन । पानी बोरिङ गरेर खेतमा धान रोपियो । बोरिङ गर्न बिजुली चाहिन्छ, त्यो पनि छैन । पाँच मिनेट, आउँछ जान्छ । कतिबेला आउँछ, त्यो पनि थाहा हुँदैन । भोल्टेज कम हुँदा पानी तान्ने अवस्था छैन ।’खडेरीको मार भोगी रहेका बारा, पर्सादेखि रौतहटसम्मका किसानहरूले बिजुली नहुँदा थप समस्या भएको गुनासो छ । बिजुली सहज रूपमा पाउन पाए अझ बोरिङ गरेर भए पनि रोपेको धानमा पानी लगाउने सकिने किसानहरूको भनाई छ ।

धेरै मोटर चल्दा समस्या
लामो समयको खडेरीका कारण मधेस प्रदेशमा सिँचाइका लागि एकैपटक ठुलो सङ्ख्यामा पानी तान्ने मोटरहरू चल्दा बिजुली प्रणालीमा चाप परेकाले समस्या देखिएको नेपाल बिजुली प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अप्रत्याशित रूपमा बढेको लोडका कारण स्थानीय फिडहरूमा समस्या देखिन थालेको छ, जसले गर्दा बिजुली आपूर्ति अनियमित बनेको छ ।

उनका अनुसार विगतमा आकाशे पानीले सिँचाइ धान्ने गरेकोमा यस वर्ष सुख्खा भएपछि किसानहरू पूर्ण रूपमा भूमिगत पानीमा निर्भर भएका छन् । यसले गर्दा प्राधिकरणको प्रणालीले अनुमान गरेभन्दा धेरै लोड एकैपटक बहन गर्नुपरेको हो । ‘फिडहरूमा एकैचोटि लोड आयो, जसले गर्दा ती स्ट्रेसमा गएका छन्,’ उनले भने ।

सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यही समस्याको स्थलगत अध्ययन र समाधानको उपाय खोज्न प्राधिकरणको उच्चस्तरीय टोली मधेस पुगेको छ । ‘कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यज्यू पनि अहिले त्यहीँ ९मधेस० हुनुहुन्छ,’ ढकालले जानकारी दिए ।प्राधिकरणका अनुसार सरकारले सिँचाइका लागि करिब ५०० वटा नयाँ डीप बोरिङ जडान गर्ने योजना बनाएको छ । जसले भविष्यमा बिजुलीको माग झनै बढाउनेछ । ‘त्यो ९डीप बोरिङ० लाई पनि त पावर चाहियो,’ प्रवक्ता ढकालले भने, ‘त्यसलाई अब कताबाट व्यवस्थापन गर्न सकिन्छ भनेर मूल्याङ्कन गर्न पनि टोली त्यहाँ गएको हो ।’

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डीप बोरिङ जडान गर्ने घोषणा गरिसकेका छन् । प्रधानमन्त्री ओलीले डीप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने भन्दै उक्त घोषणा गरेका थिए ।प्रधानमन्त्री ओलीले सरकार सङ्कटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताएका थिए । प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको लागि नेपाल बिजुली प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य डीप बोरिङमा विद्युतीकरणको विषयमा छलफलका लागि प्राविधिक टोलि लिएर फिल्डमा पुगेका छन् ।

सोमबार शाक्य चितवनमा बिजुली ‘ट्रिपिङ’ को समस्या बुझ्नको लागि पुगेका छन् । उनले चितवनको समस्या एक दुई दिनमा नै समाधान गर्ने गरी काम भइरहेको बताए । उनले आजबाट नियमित बिजुली आपूर्तिको अवस्थामा पुग्न अवस्था रहेको बताए ।अहिले मधेसमा खडेरीको कारण बिजुलीको माग उच्च भए पनि खासै समस्या नभएको बताए । उनले उच्च मागको कारण कहीँकतै बिजुली ‘ट्रिपिङ’को समस्या देखिए पनि तत्कालै व्यवस्थापन भइरहेको बताए ।

उनले अहिले प्राधिकरणका प्राविधिक टोली सहित मधेसमा रहेकाले केही समस्या भए समाधान गरिने बताए । उनले मधेस प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डीप बोरिङ जडानका लागि के भइरहेको छ र त्यसले बिजुली आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा अनुगमन र बुझ्ने काम गरिरहेको बताए ।

कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइनको क्षमता लगायतको कारण बिजुली आपूर्तिमा समस्या भएको भन्दै त्यसलाई तत्काल व्यवस्थापन गरिने बताए । उनले प्रधानमन्त्रीले घोषणा गरेको डीपबोरिङमा विद्युतीकरण गर्ने विषयमा छलफल गरी तत्काल अगाडि बढाउने विषयमा छलफल भइरहेको बताए । उनले मधेसमा पानीको समस्या समाधानको लागि डीपबोरिङमा विद्युतीकरण प्राधिकरणले चाँडै गर्ने प्रयास गरिने बताए ।

यता जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन् । उनले सरकारले ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट बिजुली बंगलादेशमा दैनिक बेचिरहेका बताए ।उनले बेला बेलामा बत्ती जाने समस्या ९ट्रिपिङ० देखिएकोले जनताले पाउने हैरानी र दुःख हटाउन बिजुली प्राधिकरणलाई निर्देशन दिँदै आएको उल्लेख गरे । उनले मन्त्री खड्काले आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदूरपश्चिम उपशाखा १३२र३३र११ के।भी। सब– स्टेसनको अवलोकन तथा निरीक्षण गरेका छन् ।

उनले समयानुकूल र माग धान्न सक्ने गरी बिजुली वितरण प्रणाली बनाउन निर्देशन दिँदै ऊर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको पनि बताए ।सरकारद्वारा मधेस प्रदेशलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै ऊर्जा खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिइसकेका छन् । मन्त्री खड्काले मधेस प्रदेशका आठ जिल्लामा सिँचाइ र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेका छन् ।

उनले भनेका छन्, ‘कागजी प्रक्रिया, टेन्डर झन्झट, खरिद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भए पनि जनतालाई तत्काल राहत दिनुस्, जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाई निष्क्रिय भएर बस्न मिल्दैन ।’उनले सिँचाइका लागि डीप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्न निर्देशन दिइएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu