Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एक पुरुषको शव भेटियो

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा न २ नन्दनगरमा एक व्यक्तिको शव फेला परेको हो । जिल्लाको बाणगंगा ३ धनगौलीका अन्दाजी ६० वर्षीय गोरखनाथ यादव बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् ।

मर्निङ वाकको क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए। स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुग्दा स्कुटी सहित उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार उनको पोस्टमार्टम का लागि पिपरा अस्पताल लगिएको छ । स्कुटीमा खुद्रा व्यापार गर्दै आएका यादव केही समयदेखि सुगर र प्रेसरको बिरामी रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu