१० दलको संयुक्त विज्ञप्ति : दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने निर्वाचन आयोगको प्रवृत्ति अस्वीकार्य
काठमाडौं–
राजनीतिक दलले निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति चासो राख्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन् ।संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने गरेको १० दलको ठहर छ । दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति साथ कार्यविधि आएकाले अस्वीकार गर्ने विज्ञप्ति मार्फत ती दलले जनाएका छन् ।
‘राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ व्यवस्थामा प्रस्तावित विषयले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने दश दलको निचोड छ ।कार्यविधिप्रति असन्तुष्टि राख्दै संयुक्त विज्ञप्ति निकाल्ने दलहरूमा प्रतिपक्ष र सरकारलाई समर्थन गरेका साना दल समेत छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, र आम जनता पार्टीले विज्ञप्ति निकालेर असन्तुष्टि राखेका हुन् ।
हेर्नुहोस् संयुक्त विज्ञप्ति :
