Connect with us
Kapilvast Forest

५०० रुपैयाँ घुस दिएपछि बीमा नै नगरी सवारी नवीकरण

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौँ –

सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बीमा नै नगरी नवीकरण हुने गरेको छ। मोटरसाइकल नवीकरणका लागि करिब एक हजार ८०० रुपैयाँ बीमा शुल्क लाग्छ । त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपैयाँ लाग्छ तर ५०० रुपैयाँ घुस दिएपछि बीमा नै नगरी सवारी नवीकरण हुँदै आएको छ ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट नवीकरण गर्ने अधिकांशले बीमा नगरेको पाइएको छ। सन्धुलीका विकास पौडेलले बीमाबापतको ५०० घुस दिएपछि सल्लाघारीबाट मोटरसाइकलको नवीकरण भएको बताए। ‘दाइको मोटरसाइकलको कर तिर्न बीमा गर्न जाँदै थिए । एक जना आएर यो पर्दैन ५०० दिनुस्, हुन्छ भन्यो। बीमा गर्नै परेन । नवीकरण भयो ।”

सवारीसाधनको नवीकरण गर्ने काठमाडौँ उपत्यकाका यातायात कार्यालयमा बीमा नगरी नवीकरण गर्ने गरिएको छ । यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनामा पनि बीमा नगरी नवीकरण हुने गरेको छ । कर्मचारीको मिलेमतोमा बिचौलियाले उक्त काम गर्दै आएका छन् । बीमा कम्पनीका व्यक्तिले पनि थोरै कमिसनका लागि नक्कली कागज बनाइदिने गरेका छन्। कर्मचारीकै मिलेमतोमा बिचौलियाले कानुन मात्र उल्लङ्घन गरेका छैनन्, मान्छेको जीवनसँग खेलबाड भइरहेको छ ।

यातायात व्यवसायीका अनुसार तत्काललाई एक हजार ८०० को काम ५०० मा गराए पनि दुःख पाउने भनेको सवारीधनीले नै हो । दुर्घटना कसरी कहाँ हुन्छ कसैले भन्न सकिने अवस्था होइन । ठुलो दुर्घटनामा परियो र तेस्रो पक्षको उपचार वा क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने बीमा नगरे पनि सवारीधनीले तिर्नै पर्छ । त्यतिबेला जायजेथा बेच्नुपर्ने अवस्था पनि आउन सक्छ । कानुन उल्लङ्घन गरेकोमा सजायको भागीदार पनि हुनु पर्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर अहिले एकरदुई हजारको लोभ गर्दा भोलि लाखौँ खर्च भर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन्।  ‘तेस्रो पक्ष बीमा सवारीधनीका लागि हो, त्यस्तो जोखिम उठाउनु मूर्खता हो । प्रशासनले पनि यसलाई कडाइ गर्नु पर्छ’, उनी भनछन्। यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका कार्यालय प्रमुख बद्रीप्रसाद निरौला पनि तेस्रो पक्ष बीमा नगरी सवारी नवीकरण गर्न नमिल्ने र त्यस्तो भएको पाए कारबाही गर्ने बताउँछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu