Connect with us
Kapilvast Forest

नेपालबाट भुटान जान लागेकी ब्राजिलियन युवती विमानस्थलबाट कोकिनसहित पक्राउ

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक केजी ९५० ग्राम कोकिनसहित एक ब्राजिलियन युवती पक्राउ परेकी छिन्। लागुऔषध नियन्त्रण ब्युरोले इमिली मिकेली सन्तोष फेरेइयालाई पक्राउ गरेको हो। नेपालबाट भुटान जान लागेको अवस्थामा प्रस्थान कक्षबाट उनलाई बुधबार पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता जीवन निरौलाले बताए।

उनले ब्राभित्र लुकाएर कोकिन तस्करी गर्न खोजेको प्रहरीले जनाएको छ। उनी सोही दिन ब्राजिलबाट कतार हुँदै नेपाल आई भुटान जान लागेकी थिइन्। कोकिनलाई तरल बनाएर उनले तस्करीको प्रयास गरेकी हुन्।
साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu