Connect with us
Kapilvast Forest

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

२०८२, २५ श्रावण शनिबारमा प्रकाशित

गुल्मी-

गुल्मी जिल्लाक‍ो रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जारी गरेको सूचनामा गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको र विगतका वर्षमा झैँ यस वर्ष पनि सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ।

बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहने छन् ।गाउँपालिकाले सम्बन्धित सबैलाई जानकारी गराउँदै सूचना प्रकाशित गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu