Connect with us
Kapilvast Forest

कैलाली कारागारमा कैदीबन्दीबिच झडप हुँदा एकको मृत्यु, ४७ घाइते, तीनको अवस्था गम्भीर

२०८२, २५ श्रावण शनिबारमा प्रकाशित

काठमाँडौ –

जिल्ला कारागार कैलालीमा कैदीबन्दीबिच झडप भएको छ। झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। कुटपिटबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदीबन्दी हुन्।

४७ जना घाइते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना

घाइते ४७ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । गम्भीर घाइते रबी चौधरी जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ। कारागारमा कैदीबन्दीको दुई समूहबीच झडप भएको हो । कैदीबन्दीबीच शुक्रबार राती करिब ११ बजेदेखि सुरु भएको विवाद बिहान झडपमा परिणत भएको प्रहरीले जनाएको छ । गत बिहीबार पनि कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका थिए।

साभार नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu