Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवगढी अस्पतालमा सर्पदंस सम्बन्धी सचेतनामूलक कार्यक्रम हुने

२०८२, २८ श्रावण मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु –

कपिलवस्तुको शिवगढी सामुदायिक अस्पतालमा सर्पदंस सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार हुने भएको छ ।

अस्पतालका अध्यक्ष बिनोद लुइँटेल (पाबेल सी) का अनुसार कार्यक्रम साउन २८ गते बुधबार बिहान ९:३० बजे  भगवानपुर स्थित अस्पताल परिसरमा कार्यक्रम सुरु हुनेछ ।

सर्पदंसबाट बच्ने उपाय, प्राथमिक उपचार र आवश्यक स्वास्थ्य सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कपिलवस्तु, गोरुसिङ्गस्थित समशेर दल गणले प्राविधिक सहयोग गर्ने अध्यक्ष लुइँटेलले बताए ।

आयोजकले यस कार्यक्रममार्फत स्थानीयवासीलाई सर्पदंस सम्बन्धी जोखिम कम गर्न र समयमै उपचार पाउने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu