रामहरिले राजीनामा दिए तर, गृहमन्त्रीको नैतिकता जागेन : चन्दा कार्की
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद डा। चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको माग राख्दै आएको छ ।यो विषयमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिनुपर्ने उनीहरूको आग्रह छ । यही माग राखेर रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ ।