Connect with us
Kapilvast Forest

नेपाली मूर्ति विश्व बजारमा माग, उत्पादन भने कम

२०८२, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ-

नेपालमा निर्मित काठ, प्रस्तर, तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन्। कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठूलो परिमाणमा उत्पादन भने हुन सकेको छैन ।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, पुरातत्त्व विभागकी अधिकृत सरिता सुवेदीका अनुसार विगत छ वर्षमा कुल २५ लाख २३ हजार ८२२ थान मूर्ति विदेश निर्यात भएका छन्। ‘हामीले १०० वर्षभन्दा कम समय भएका हस्तकलाका मूर्तिलगायत सजावटका सामग्री विदेश निर्यात गर्न प्रमाणीकरण गर्छौंँ। त्यसका लागि व्यापारीले अनलाइनमै फर्म भर्नु पर्छ, त्यसपछि मूर्ति विभागमा ल्याएमा प्रमाणीकरण गरेपछि सकिन्छ’, उनले भने, ‘यदि १०० वर्षभन्दा बढीका मूर्ति वा सजावटका सामग्री भए निर्यात गर्न दिँदैनौँ । नेपालमै मठमन्दिर, ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरेर अवलोकनका लागि राखिन्छन्।’

नेपालमा निर्मित हस्तकलाका मूर्ति र सजावटका सामग्री ८० प्रतिशत चीन अरू २० प्रतिशत भारत, युरोप, अमेरिकालगायत देशमा निर्यात हुँदै आएको उनले जानकारी दिए। ‘नेपालबाट चीनमा प्रायः बुद्ध धर्मसँग सम्बन्धित मूर्तिसहित सजावटका सामग्री निर्यात हुन्छन् । जसमा बुद्धका विभिन्न आसनका मूर्ति, बेबी बुद्ध मूर्ति, तारा पञ्चध्यानीलगायत विभिन्न स्वरूपका धातु र प्रस्तरद्वारा तयार सामग्रीसहित थाङ्का निर्यात गरिन्छ’, उनले भने। उनका अनुसार भारतमा प्रायः हिन्दु धर्मसँग सम्बन्धित गणेश, कुबेर, सरस्वती, कृष्ण, दुर्गा, देवीलगायत देवीदेवताका मूर्तिसहित हस्तकलाका अरू सामग्री जान्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu