Connect with us
Kapilvast Forest

रवि लामिछानेलाई ३:१० को फ्लाइटमा काठमाडौं लगिंदै

२०८२, ३२ श्रावण शनिबारमा प्रकाशित

बुटवल-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं लगिंदै छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो ।आज दिउसो ३।१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं लैजान लागिएको कारागार विभाग श्रोतले पुष्टि गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu