Connect with us
Kapilvast Forest

तत्कालीन मुख्यसचिव अर्यालसहितले सफाइ पाएको अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा अख्तियारको पुनरावेदन

२०८२, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाँडौ –

तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितले सफाइ पाएको अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन गएको छ । आफूले दायर गरेको मुद्दामा विशेष अदालतले आंशिकमात्र ठहर गरेपछि त्यसउपर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रले ठेक्का लगाएको मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकरको खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले यसमा संलग्न भएको आरोपमा तत्कालीन मुख्यसचिव अर्याल, तत्कालीन बहालवाला दुई सहसचिव र केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ११ जनाविरुद्ध ९ असार ०८१ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।४३ करोड ३२ लाख थान स्टिकर छपाइ गर्ने गरी प्रतिस्टिकर ९१ पैसाको दर निर्धारण गरेर सुरक्षण मुद्रण केन्द्रले २६ मंसिर ०७९ मा प्रिन्ट सेललाई ठेक्का दिएको थियो ।

यति ठूलो आकारको ठेक्का विनाप्रतिस्पर्धा नै लगाइएको अख्तियारको दाबी थियो । प्रतिस्टिकर छपाइको यो दर अत्यधिक भएको अख्तियारको दाबी छ । अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दावी थियो । तर, विशेष अदालतले मुद्दाका अधिकांश प्रतिवादीलाई सफाइ दिएको थियो । केन्द्रका कार्यकारी निर्देशक पौडेल र निर्देशक सफल श्रेष्ठमात्र ठहर भएका थिए । १३ मंसिर ०८१ मा फैसला भएको यस मुद्दाका ९ जना प्रतिवादीले सफाइ पाएका थिए ।

ठहर भएकालाई जनही आठ वर्ष कैद सजाय र जरिवाना तोकिएको थियो । भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ असुल उपर हुनुपर्ने फैसला विशेषले गरेको थियो । मागदावीबमोजिम ठहर नभएको र प्रतिवादीलाई आंशिक ठहर गरी केहीलाई सफाइ दिएको विशेषको फैसलाउपर चित्त नबुझी पुनरावेदन गएको अख्तियारले जनाएको छ । आइतवार अख्तियारले पुनरावेदन दर्ता गरेको छ ।

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu