Connect with us
Kapilvast Forest

माइतीघर मण्डलामा उखु किसानको आन्दोलन

२०८२, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाँडौ-

उखु किसानले आइतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।  उखुमा गत आर्थिक वर्ष ०८१/८२ को प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने, अनुदान तुरुन्त उपलब्ध गराउनुपर्ने र उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।

१३ जिल्लाबाट आएका किसानहरू उखु लिएर माइतीघरमा जम्मा भएका हुन्। सरकारले आफ्नो आवाज नसुनेपछि किसान काठमाँडौको सडकमै धर्ना दिन आउन बाध्य भएका हुन्। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको अडान छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu