राजेन्द्र मल्ललाई प्रोफेसनल अचिभमेन्ट अवार्ड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेसनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आइकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ ।
नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसास्वरूप मल्ललाई आइकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो ।
शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्रसहित सम्मान गरे ।
चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बिमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा रहेर निजी क्षेत्रको माग एवं सरकारसँग हातेमालो गर्दै आएका थिए ।सम्मान ग्रहण गरेपछि मल्लले आइकोनिक इन्टरप्रिनरसिप अवार्डले आफूलाई अझ ठुलो जिम्मेवारी थपिएको महसुस भएको बताए ।
उनले भने, ‘नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ ।’ अध्यक्ष मल्ल हाल निर्जीवन बिमा व्यवसायी संघको अध्यक्षसमेत हुन्