Connect with us
Kapilvast Forest

नेप्से १५ दशमलव ६४ अंकले घट्याे

२०८२, १८ भाद्र बुधबारमा प्रकाशित

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अंकले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।
आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

आजको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ५५, विकास बैंक शून्य दशमलव ८५, वित्त शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् शून्य दशमलव ९३, लगानी शून्य दशमलव ५४ र जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ६९, निर्जीवन बिमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।

हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य छ दशमलव ९९ प्रतिशतले घटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu