Connect with us
Kapilvast Forest

धनगढीमा खुल्याे टाटा मोटर्सको नयाँ शोरूम

२०८२, १८ भाद्र बुधबारमा प्रकाशित

धनगढी । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ।

मंगलबार सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले डिलरको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू– टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, आईसीई मोडलहरूअन्तर्गत टाटाका टियागो, पञ्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्।

पञ्चले नेपाली बजारमा सिटी एसयुभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu