Connect with us
Kapilvast Forest

बजारमा झण्डा, प्रचा, ब्यनर नराख्न अनुरोध

२०८२, १९ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटा बजार क्षेत्रमा कुनै पनि किसिमका प्रचार सामग्री, पम्प्लेट, झण्डा वा व्यानर नराख्न नगरपालिकाले अनुरोध गरेको छ । मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद डे को अवसरमा विगत वर्षझैँ बजार क्षेत्रमा झण्डा सजाउने तयारी भइरहेका बेला यो सूचना जारी गरिएको हो ।

मुस्लिम अगुवाहरूले यस वर्ष पनि विगतका वर्षझैँ झण्डा सजाउन अनुमति दिन माग गर्दै नगरपालिकासँग छलफल गर्न पुगेका थिए । तर, नगरपालिकाले छलफल नै नगरी प्रस्ताव फिर्ता पठाएको मुस्लिम समुदायका प्रतिनिधिहरूले बताएका छन् ।

यद्यपि, नगरपालिकाको निर्णयलाई मुस्लिम समुदायले सम्मान गर्दै शान्तिपूर्ण ढंगले पर्व मनाउने प्रतिबद्धता जनाएका छन् । नगर क्षेत्रलाई सफा, स्वच्छ र अवरोधमुक्त राख्नुपर्ने भन्दै पालिकाले गरेको अनुरोधलाई समेत उनीहरूले स्वीकार गरेका छन् ।

शिवराज नगरपालिकाले यसअघि पनि सार्वजनिक स्थल र बजार क्षेत्रमा अनावश्यक प्रचार सामग्री नराख्न आग्रह गर्दै आएको छ । यस निर्णयलाई आगामी दिनमा धार्मिक सहिष्णुता र आपसी समझदारीलाई मजबुत बनाउने अवसरका रूपमा लिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu