कर्मचारी युनियन कपिलवस्तुद्वारा शैक्षिक सामग्री वितरण
कपिलवस्तु–
नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति कपिलवस्तुले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका–४ स्थित बालहंस साङ वेद आश्रम का बटुक विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको कर्मचारी युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेले जानकारी दिनुभयो।
२१ झोला सहित शैक्षिक समाग्री वितरण गरेको अध्यक्ष आलेको भनाई रहेको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा युनियनका पदाधिकारी, स्थानीय अगुवा, शिक्षक तथा आश्रमका गुरुवृन्दको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा र संस्कारलाई मजबुत बनाउन यस्ता सहयोगात्मक पहलले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे।
निजामती कर्मचारी युनियनले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै भविष्यमा स्वास्थ्य, शिक्षा र समुदाय विकासका क्षेत्रमा समेत योगदान पु¥याउने योजना रहेको जनाएको छ।