Connect with us
Kapilvast Forest

अष्ट्रेलियामा दुई नेपाली नर्सको मृत्यु

२०८२, २३ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं –

अष्ट्रेलियाको मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु भएको छ।१४ वर्षभन्दा लामो समयदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन्।

मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा कार्यरत सरला र अरिजा, अरिजाको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परेका थिए। भिक्टोरिया प्रहरीका अनुसार उनीहरूले चलाइरहेको कार सुरुमा एउटा कंगारुसँग ठोक्किएको थियो।

उनीहरूले घाइते कंगारुलाई सहयोग गर्ने उद्देश्यले गाडी रोकी सडकमा ओर्लिएका थिए। तर, अध्याँरो र खराब मौसमका कारण पछाडिबाट तीव्र गतिमा आएको अर्को कार चिप्लिएर उनीहरूमाथि ठक्कर दिँदा यो दुर्घटना हुन पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनास्थल क्रेगीबर्नमा बेभरिज निवासी ३० वर्षीया सरला खड्काको तत्कालै निधन भयो। थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाललाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको पनि निधन भएको हो। दुर्घटना गराउने कारका चालकले भने घटनास्थलमै रोकिएर प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu