Connect with us
Kapilvast Forest

पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

२०८२, २३ भाद्र सोमबारमा प्रकाशित

पोखरा –

सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता जेनजीले प्रदर्शन गरेका छन् ।सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् ।पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । अहिले १० बजेदेखि नै जेननीहरू सभागृहमा भेला भएर प्रदर्शन थालेका हुन् र उनीहरुको समूह बढ्दै गइरहेको छ ।

देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुस्खी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता नाराहरु उनीहरुले लगाएका छन् ।

केही जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् । केहीले भने नेताहरुको नाम नै लिएर नारा नलगाउन आग्रह गर्दै समूहलाई भड्किन नदिने काम गरिरहेका छन् ।

जेनीहरु रेनकोट लगाएर नेपालको झण्डा बोकेर पम्लेटसहित प्रदर्शन गरिरहेका छन् । जनताले तिरेको करमा नेता र तिनका छोराछोरीले ऐयासी जीवन बाँकी रहेको भन्दै उनीहरुको आक्रोस छ ।प्रदर्शनमा पम्लेटसहित उपस्थित भएका पोखराका पारस पराजुलीले नयाँ पुस्तालाई अहिलेका नेताले केही नगन्ने र अब पनि चुप लागेर बस्यो भने सधैं अवस्था रहने भएकाले सडकमा उत्रिएको बताए ।

‘चुप लागेर बस्यो भने केही पनि हुँदैन, सधैं यसरी नै बाँचिरहनुपर्छ । यो आन्दोलनले अब नयाँ पुस्ता पनि छन् है भनेर सोचुन् भन्ने हो,’ उनले भने, ‘जेनजी पुस्ता स्वतफूर्तरुपमा उपस्थित भएको हो । यसलाई कसैले राजनीतिकरण नगर्न अनुरोध गर्दछौं ।’

स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेकामध्ये एक सन्देश बरालले भने, ‘हामीलाई यीनीहरुले राजनीति गर्दैनन् भनेर नेताहरुले सधैं हेपे, हामीलाई देशको माया छैन भनिन्छ तर हामी सचेत छौं, सबैलाई चिनेका, बुझेका छौं ।’ प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu