दशैं–तिहारलाई समर्पित “सरर लिँगे पिङ” गित सार्वजनिक
काठमाडौ,
नेपालको सबैभन्दा ठूलो पर्व दशैं–तिहारलाई समर्पित “सरर लिँगे पिङ” गित सार्वजनिक भइसकेको छ। छोटो समयमा नै यो गीतलाई धेरैले यस वर्षको उत्कृष्ट र लोकप्रिय दशैं गीत भनेर मन पराइरहेका छन्।
कविता श्रेष्ठको सुमधुर स्वर, सीमा ज्ञवालीको भावपूर्ण शब्द र राजेश कुमार श्रेष्ठको उत्कृष्ट संगीत संयोजनले यो गीतलाई अझ हृदयस्पर्शी बनाएको छ। गीतमा समेटिएका तिका–जमरा, लिँगे पिङ, पतंग, दियो–रङ्गोली लगायतका दृश्यहरूले दशैं–तिहारको सम्पूर्ण माहोललाई जीवन्त बनाउँछन्। यसलाई अझ आकर्षक बनाउन AI प्रविधिबाट तयार पारिएको भिजुअल प्रस्तुति विशेष आकर्षण बनेको छ।
“सरर लिँगे पिङ” केवल एउटा गीत मात्र नभई, यसले नेपाली संस्कृतिको रंगीनता, परिवारबीचको आत्मीयता र पर्वको एकताबद्ध खुशीलाई उजागर गर्ने पूर्ण दशैं–तिहार अनुभव प्रदान गर्दछ।
👉 हेर्न नछुटाउनुहोस् :