कपिलवस्तुको विजयनगरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण
कपिलवस्तुको विजयनगर गाउँपालिका–७, झुलानियामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा विजयनगर वडा नं ७ का अध्यक्ष राम समारे धोबीको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव के.एस. अदै (केर सिंह अदै) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अदैले जनमोर्चाको वर्तमान राजनीतिक दृष्टिकोण, तत्कालीन राजनीतिक परिस्थिति र पार्टीको नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो ।
उहाँले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको संरक्षण तथा संघीयता खारेज नै वर्तमान राजनीतिक निकास भएको स्पष्ट पार्नुभयो। साथै, उहाँले चाडपर्वहरूलाई खर्चिलो र भड्किलो शैलीमा नभई सामाजिक सद्भाव र सरलतासँग मनाउन आग्रह गर्दै विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य त्रिवेणी कुर्मी, गाउँपालिका अध्यक्ष गोविन्द परिवार, र सदस्य सूर्यबहादुर जिसीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो।