Connect with us
Kapilvast Forest

भद्र माध्यमिक विद्यालय पडरियामा शिक्षकहरूको बिदाई तथा शुभकामना

२०८२, २५ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु । जिल्लाको महाराजगंज नगरपालिकाको पडरियामा अवस्थित श्री भद्र माध्यमिक विद्यालयमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अवकाश प्राप्त, सरुवा भई अन्य विद्यालयमा जाने र शिक्षक सेवा आयोगबाट स्थायी रूपमा नाम निकाली जानु भएका शिक्षकहरूको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरु सिंह रायमाझीको अध्यक्षता, महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जगत बहादुर गाहा लगायतको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बिदा हुँदै गरेका शिक्षकहरूलाई माला लगाई सम्मान गरिएको र विद्यालय परिवारले उनीहरूको भविष्य सफल र उज्ज्वल होस् भन्ने कामना व्यक्त गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मीले विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षाको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक राष्ट्र निर्माणका आधारस्तम्भ हुन् । तपाईँहरूले जुन समर्पणका साथ सेवा गर्नुभयो, त्यसले विद्यालयको गौरव बढाएको छ । अब नयाँ स्थानमा गएर पनि त्यही प्रतिबद्धता र समर्पण देखाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कुलप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu