Connect with us
Kapilvast Forest

इन्स्पेक्टरहरु स्वागत थाप्न मै ब्यस्त

२०८२, १८ कार्तिक सोमबारमा प्रकाशित

 

शान्ति सुरक्षा सुदृढ गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्ने बेला नयाँ सरुवा भई आएका नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक स्थानीय तह प्रमुख र अध्यक्षका कार्यकक्षमा पुग्दै स्वागत थाप्ने लहर चलेको हो । सशस्त्रका भन्दा नेपाल प्रहरीका इन्स्पेक्टर स्वागत थाप्न अगाडि देखिएका छन् । स्वागतका लागि प्रहरीको दौडधुप देख्दा स्थानीय स्तरमा निकै टीका–टिप्पणी पनि सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज २८ गते ६ सय ६५ इन्स्पेक्टरको सरुवा गरेपछि कपिलवस्तुमा पनि उनीहरू सरुवा भएका आएका हुन् । सबैभन्दा पहिले इप्रका, पिपराका निरीक्षक अर्जुन पौडेल वाणगंगा नगरपालिकामा स्वागत थाप्न पुगे । उनलाई नगर प्रमुख चक्रपाणी अर्यालले कार्तिक ११ गते आफ्नो कार्यकक्षमा स्वागत गरे । ५ दिन नपुग्दै फेरि उनै निरीक्षक पौडेल कार्तिक १६ मा उद्योग व्यापार संघ, जितपुरको स्वागत थाप्न पुगे ।

वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जिल्लाका दुई ठूला नगरपालिकामा स्वागत थाप्न भ्याए । पहिले उनी कार्तिक ९ गते शिवराज नगरपालिकामा स्वागत थाप्न गए । त्यहा उनलाई नगर प्रमुख अजय थापाले स्वागत गरे । फेरि ४ दिन नुपग्दै १३ गते उनी महाराजगन्ज नगरपालिकामा स्वागत थाप्न पुगे ।

त्यहाँ उनलाई नगर प्रमुख अब्दुल कलामले स्वागत गरे । त्यही दिन महाराजगन्ज नगरपालिकामा सशस्त्रको सुरक्षा बेसका निरीक्षक गंगाराम भट्ट पनि स्वागत थाप्न पुगेका थिए । भट्ट पनि नयाँ सरुवा भई आएका इन्स्पेक्टर हुन् ।

सभार: कान्तिपुर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu