Connect with us
Kapilvast Forest

आयोगले सोध्यो प्रहरी महानिरीक्षक चन्द्रकुवेरसँग स्पष्टीकरण

२०८२, २१ कार्तिक बिहीबारमा प्रकाशित

जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले बुधबार आईजीपी खापुङलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।

मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।

प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ ।

जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो ।

जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu