Connect with us
Kapilvast Forest

समयमै महाधिवेशन गर्न कांग्रेसीको माग

२०८२, २८ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु । नेपाली कांग्रेस शिवराज नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडा भेला सम्पन्न गरेको छ।

वडासभापति रामकृष्ण शर्माको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमाकान्त खनाल रहेका थिए। कार्यक्रमको सञ्चालन विष्णु पोखरेलले गर्नुभएको थियो।

भेलामा वडाभित्र रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यमा वडाले निरन्तर सहजीकरण गर्दै आएको जानकारी दिइयो। साथै, वडाका क्रियाशील सदस्यहरूको कार्यकाल सकिए पनि केही केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले विभिन्न बहानामा महाधिवेशन लम्ब्याइरहेको भन्दै सहभागीहरूले समयमै महाधिवेशन सम्पन्न गर्न माग गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विनोद नेपाल, जम्सेर अलि मियाँ, केशव पाण्डे, मधुसुदन पोखरेल, हरिप्रसाद पोखरेल, नारायण पौडेल र राजु खराल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu