Connect with us
Kapilvast Forest

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

२०८२, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौँ –

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।

दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो। दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो।

विराटनगर सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ। यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । यस्तै मंगलबारको खेलमा काठमाण्डू गुर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu