एनभीए महिला तथा पुरुष भलिबल : आज पनि चार खेल
नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सोमबार पनि चार खेल हुँदैछ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहान १० बजे शुरु हुने पहिलो खेलमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै सोही ठाउँमा दिउँसो १२ बजे सुरु हुने अर्को खेलमा पुरुषतर्फ ढोरपाट स्पोर्टस क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो २ बजे महिलातर्फका खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड युथ स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । ४ बजेको खेलमा सुदूरपश्चिम र मधेसश प्रदेश स्पोर्टस काउन्सिलका महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ ।