Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जनउत्थान लघुवित्त र सञ्जीवनी अस्पतालबीच सम्झौता

२०८२, १४ मंसिर शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-

कपिलवस्तुको चन्द्रौटामा रहेको जनउत्थान सामुदायिक लघु वित्तीय संस्था लिमिटेड र शिवराज नगरपालिका स्थित सञ्जीवनी सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवामा विशेष छूट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापछि लघुवित्तका ग्राहक सदस्य, तिनका परिवार तथा कर्मचारीहरूले अस्पतालबाट स्वास्थ्य सेवा सस्तो दरमा प्राप्त गर्न सक्ने भएका छन् ।

सम्झौता अनुसार अस्पतालमा ओपीडी सेवामा २० प्रतिशत, लेब परीक्षणमा २० प्रतिशत, भिडियो एक्स–रेमा २० प्रतिशत, ईसीजीमा २० प्रतिशत, प्लास्टरमा २० प्रतिशत, बेड चार्जमा २० प्रतिशत र औषधिमा १० प्रतिशतसम्म छूट उपलब्ध गराइने अस्पतालका संचालक वाइपी पौडेलले जानकारी दिनुभयो ।

साथै आकस्मिक सेवामा १०० रुपैयाँभन्दा बढी खर्च भएमा पनि छुट सुविधा लागू हुने अस्पताल स्रोतले जनाएको छ ।

दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको सम्झौता कार्यक्रमले लघुवित्तका सदस्य तथा उनीहरूको परिवारलाई किफायती, सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने जनउत्थान सामुदायिक लघुवित्तका इलाका संचालन अधिकृत टोपबहादुर सुनारले बताउनुभयो ।

सेवाग्राहीले स्थानीय तहमा उपचार खर्चले आर्थिक बोझ थपिरहेको अवस्थामा यस्तो सहकार्यले समुदायमै राहत दिलाउने र सदस्यको आर्थिक–सामाजिक सुरक्षामा थप योगदान पुर्‍याउने विश्वास लिइएको छ ।
जनउत्थान सामुदायिक लघु वित्तीय संस्था लिमिटेड र सञ्जीवनी सामुदायिक अस्पतालबीच सम्झौता भएपछि सेवाग्राहीहरु खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu