Connect with us
Kapilvast Forest

नेपाल ल्याउदै गरेको ६ बोरा युरिया भारत मै समातियो

२०८२, १६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु–
नेपाल- भारत सीमास्थित स्तम्भ नम्बर ५५० नजिक 43औँ च्यानल सशस्त्र सीमा बल (SSB) ले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ६ बोरा युरिया मल र ३ वटा साइकल बरामद गरेको छ ।

सीमा नाका अलिगढवाको पोस्टले सूचना पाएपछि नाका दल तुरुन्तै सीमा स्तम्भ नम्बर ५५० तर्फ प्रस्थान गरेको थियो। केही समयमा नै भारतबाट नेपालतर्फ साइकलमा झोलासहित आएका केही व्यक्तिहरूलाई शंकाको आधारमा रोकिने संकेत दिइएको SSB ले जनाएको छ ।

रोकिने भनिएको व्यक्तिहरूले सामानसहित आएका साइकल त्यहीँ छाडेर नेपालतर्फ फरार भएको बताइएको छ। त्यसपछि नाका दलले गरिएको जाँचमा ६ बोरा युरिया मल र ३ वटा साइकल फेला पारेको हो ।

बरामद गरिएका सबै सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि एसएसवी कार्यालय बुझाइएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj